त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा

लोकप्रिय

काठमाडौँ, वैशाख  १७ गते । त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

उपकुलपति प्रा.डा दिपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी तथा रजिष्ट्रार प्रा. डा केदार रिजालले आज राजीनामा दिनुभएको हो । उहाँहरुले बेग्ला बेग्लै पत्र लेख्दै प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति समक्ष राजीनामा दिनुभएको हो ।

शिक्षाध्यक्ष प्रा.डा. केसीले आफुहरुको राजीनामा प्रधानमन्त्री कार्यालयमा दर्ता भैसकेको जानकारी दिनुभयो । नयाँ सरकारलाई काम गर्न सहयोग गर्ने उद्देश्यले राजीनामा दिएको पनि प्रा. केसीले बताउनुभयो ।

ताजा समाचार

Related Articles