लागुऔषधसहित हेटौँडाबाट तीन जना पक्राउ

लोकप्रिय

हेटौँडा, जेठ ५ गते । मकवानपुर प्रहरीले लागू औषधसहित हेटौँडाबाट तीन जनालाई पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं.१० स्थित बसपार्कबाट पर्सा बिन्दावासिनी गापा वडा नं.४ का ६० वर्षीय लक्की चन हजरालाई लागूऔषध गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

निजको झोला खानतलास गर्ने क्रममा झोलाभित्र लुकाई ल्याईएको अवस्थामा २१ किलो ३१० ग्राम लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त लागूऔषध गाँजा बरामद गरी निज लक्की चन हजरालाई नियन्त्रणमा लिई लागुऔषध मुद्धामा थप अनुसन्धान कार्य भईरहेको छ ।
यस्तै प्रहरीले हेटौँडा १० स्थित बलराम दास पेट्रोल पम्पमा बा.प्र.०२–०४६ प ६९८३ नं.को मोटरसाइकल चालक मकवानपुर राक्सिराङ गापा ३ घर भई हाल हेटौँडा ४ कमलडाँडा बस्ने २२ वर्षीय प्रतिक ठकुरीलाई लागूऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ ।

निजलाई पाइन्टको खल्तीबाट प्लाष्टिकको डिब्बामा लुकाई ल्याएको ३७० मिलिग्राम फेला पारी खैरो हिरोइनसहित पक्राउ गरिएको हो । साथै निजकै साथी बा.प्र.०३–००५ प ५०१८ नं. को मोटरसाइकल चालक हेटौँडा ८ कमाने बस्ने वर्ष २५ को विशाल देउलालाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

 

ताजा समाचार

Related Articles