न्यायपालिकाको स्वतन्त्रता नै लोकतन्त्रको मेरुदण्ड

लोकप्रिय

काठमाडौँ, जेठ ५ गते । नवनियुक्त प्रधान न्यायाधीश डा मनोज कुमार शर्माले स्वतन्त्र न्यायपालिकालाई पूर्णरूपमा अक्षुण्ण राख्‍नु नै आफ्नो पहिलो प्रथामिकता भएको बताउनु भएको छ । पदभारग्रहण पछि सर्वोच्च अदालतमा संचारकर्मीहरुसँग कुरागर्दै उहाँले  न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता नै लोकतन्त्रको मेरुदण्ड रहेको बताउनु भयो ।

आफ्नो पहिलो र सर्वोच्च प्राथमिकता भनेकै स्वतन्त्र न्यायपालिकालाई पूर्णरूपमा अक्षुण्ण राख्‍नु रहेको भन्दै प्रधान न्यायाधीश शर्माले न्यापालीकाको स्वतन्त्रता र निष्पक्षता मान्यतासँग कुनै पनि परिस्थितिमा सम्झौता नगर्ने उल्लेख गर्नुभयो । उहाँले न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

”यस विषयमा कसैले कुनै शंका राख्‍नुपर्ने अवस्था आउने छैन साथै, त्यस्तो शंका उत्पन्न हुने कुनै पनि कार्य मबाट हुने छैन र हुन दिइने पनि छैन भन्ने पूर्णरुपमा विश्वास दिलाउन चाहन्छु।” नवनियुक्त प्रधानन्यायाधीश शर्माले भन्नुभयो ।

ताजा समाचार

Related Articles