अवैध रुपमा ल्याईएको कुखुरा नियन्त्रणमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ६ गते । फर्जी बिल बनाई अबैध रुपमा ल्याईएको बोईलर कुखुरा र तीन जना्लाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चेकपोष्ट स्थित सडकखण्डमा बाराबाट कैलाली टिकापुरतर्फ जाँदै गरेको ना ३ च ७५६३ नं.को बोलेरो पिकअप गाडीबाट कुकुरा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

उक्त गाडी जाँच गर्दा फर्जी बिल बनाई अवैध रुपमा ५६० वटा बोईलर कुखुरा ल्याएको पाइएको छ ।
प्रहरीले कुखुरासहित गाडी चालक नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पुर्व) सुस्ता गापा वडा नं. ३ बस्ने वर्ष २३ का सोहित महत्तो, सोही गाडीमा सवार चितवनको खैरहनी नपा वडा नं. ५ का वर्ष २१ का नसिब चौधरी र वर्ष २५ का सुनिल चौधरीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी पशु सेवा केन्द्र हेटौँडामा पठाईएको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles