पाँच दिने योग विज्ञान शिविर सम्पन्न

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ७ गते । महिला पतञ्जलि योग समिति मकवानपुरको आयोजना तथा हेटाँैडा उपमहानगरपालिका र वडा नम्बर ४ को कार्यालयको सहयोगमा भएको पाँच दिने निःशुल्क योग विज्ञान शिविर बिहीबार सम्पन्नभएको छ ।
हेटौँडा ४ स्थित हुप्र चौरमा भएको शिविरमा महिला पतञ्जलि योग समिति नेपालकी केन्द्रीय अध्यक्षसाध्वी देवादितिले योग अभ्यास गराउनु भएको थियो ।
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलगायतले दीप प्रज्वलन गर्नु भएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ, जिसस मकवानपुरका प्रमुख ललित घलान, हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामा, वडाध्यक्षहरु विष्णु गोपाल महर्जन, नवीन सिग्देल, फुर्वा दोर्जे लामालगायत योग साधक साधिकाहरुको उपस्थिति थियो।
शिविरमा जिल्ला अध्यक्ष रामकृष्ण थापा, महिला अध्यक्ष शशीकला थापा, जिल्ला उपाध्यक्ष राजन थापा, महिला कोषाध्यक्ष दुर्गा महत, सदस्य सरस्वती बरालले योग अभ्यास गराउनु भएको थियो ।
महामन्त्री ऋषि ढकाल, हयग्रीव आचार्यले कार्यक्रम संचालन गर्नु भएको उक्त कार्यक्रममा पतञ्जलि योग समिति मकवानपुरका जिल्ला अध्यक्ष रामकृष्ण थापाले मकवानपुर जिल्लामा योग चरणको सुरूवातदेखि वर्तमान अवस्थासम्म आरोग्य नागरिक निर्माणका लागि पतञ्जलि योग जिल्ला समितिले निर्वाह गरेको भूमिकाको बारेमा प्रकाश पार्नु भएको थियो ।
समापनको अन्तिम समयमा महिला पतंजलि जिल्ला अध्यक्ष शशिकला थापाले वैदिक मन्त्र उच्चारण तथा (देवयज्ञ) हवन कार्य गराई शिविरको समापन गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles