हेटौँडा, जेठ १२ गते । हेटौँडा उपमहानगरपालिका १ मा पतिको कुटपिटबाट आफ्नै श्रीमतीको मृत्युभएको छ ।
हेटौँडा उपमहानगरपालिका १ स्थित तरकारीमण्डीमा डेरा गरी बस्दै आएका ४५ वर्षीय रामलाल ब्लोनको कुटपिटबाट आफ्नै पत्नी ओमकुमारी भुजेलको मङ्गलबार मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर मनहरी गाउँपालिका ३ घर भएका रामलालले ४२ वर्षीया श्रीमती ओम कुमारीलाई कुटपिट गरी घाईते बनाएको खबर प्राप्त भएपछि हेटौँडा २ चौकीटोलमा रहेको प्रहरी चौकीबाट गएको प्रहरी टोलीले ओमकुमारीलाई गम्भीर अवस्थामा उद्वार गरी उपचारको लागी हेटौँडा अस्पताल मकवानपुर पठाएकोमा बिहान ११ः०० बजे डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
मृतकको मुख, दुवै हातखुट्टा र ढाडमा समेत निलडाम चोट देखिएको प्रहरीको भनाई छ । कुटपिट गर्ने श्रीमान् रामलाल ब्लोनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।




