टिष्टुङ रिसोर्टमा स्वीमिङ पुल सञ्चालन

लोकप्रिय

हेटौँडा, जेठ १६ गते । मकवानपुरको थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा स्वीमिङ पुल सञ्चालनमा ल्याइएको छ ।
टिष्टुङ रिसोर्टमा शनिबार स्वीमिङ पुलको एक कार्यक्रमकाबिच नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने र होटल व्यवसायी महासङ्घका अध्यक्ष शंकर भण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
पर्यटकीय नगर थाहा नगरपालिका वडा नम्बर ६ स्थित टिष्टुङ रिसोर्टमा स्वीमिङ पुल सञ्चालनमा आएसँगै पर्यटकका लागि अर्को आकर्षण थपिएको पर्यटन बोर्ड गण्डकीका प्रमुख लामिछानेले बताउनुभयो । लामिछानेले चित्लाङ, टिष्टुङ क्षेत्रको ऐतिहासिक तथा साँस्कृतिक पक्षको चर्चा गर्दै थाहानगर क्षेत्रमा नै पर्यटनमैत्री वातावरणको विकास हुँदै गएको बताउनुभयो ।

पर्यटकीय गाउँ घोषणा भएको कुन्छालको छेवैमा सन् २०१८ मा टिष्टुङ रिसोर्ट स्थापना भएको हो ।
टिष्टुङ रिसोर्टले थाहानगरकै पर्यटन प्रवर्धनमा योगदान पुग्ने लामिछानेको भनाई छ ।
होटल व्यवसायी महासँघका अध्यक्ष भण्डारीले टिष्टुङ रिसोर्टको योगदान पर्यटन प्रवद्र्धनमा केन्द्रित रहेको भन्दै होटल, रिसोर्ट रेष्टुरेन्ट सञ्चालनमा आउनु सकारात्मक भएको बताउनुभयो ।
अध्यक्ष भण्डारीले पर्यटन उद्यमीहरुलाई प्रोत्साहनका कार्यक्रम स्थानीय सरकारले ल्याउन पर्नेमा जोड दिँदै स्वीमिङ पुल रिसोर्टमा अतिथि आकर्षणको महत्वपूर्ण माध्यम हुनसक्ने बताउनुभयो ।
कार्यक्रम रिसोर्टका अध्यक्ष हरिगोपाल श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

ताजा समाचार

Related Articles