रास्वपाको चार वटा पालिकामा अधिवेसन सम्पन्न

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १६ गते । राष्ट्रिय अधिवेशनमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहस्तरको अधिवेसनलाई तिव्रता दिएको छ । यसै क्रममा शनिबार मकवानपुर जिल्लाका चार वटा स्थानीय तहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अधिवेशन सम्पन्नभएको छ ।
रास्वपाको अधिवेशनबाट बागमती गाउँपालिका समितिको सभापतिमा सुजन पाख्रिन, बकैया गाउँपालिका समिति सभापतिमा अमर दङ्गाल, राक्सिराङ गाउँपालिका समिति सभापतिमा राजन मल्ल र कैलाश गाउँपालिका समिति सभापतिमा सुदिप विष्ट निर्वाचित हुनुभएको छ ।

बागमती गाउँपालिकामा भएको अधिवेशन प्रमुख अतिथि सांसद तोसिमा कार्की र विशेष अतिथि सांसद प्रकाश गौतम रहनुभएको थियो । रास्वपाको यसअघि ईन्द्रसरोवर, मनहरी, थाहा नगरपालिका, हेटौँडा उपमहानगरलगायत स्थानीय तहमा भएको अधिवेशनबाट नेतृत्व चयन भईसकेको छ ।

ताजा समाचार

Related Articles