पुलबाट टेलर गाडी बागमती नदीमा खसेर दुर्घटना

लोकप्रिय

हेटौँडा, जेठ १६ गते । कान्ति लोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित पुलबाट एक टेलर गाडी बागमती नदीमा खसेर दुर्घटनाभएको छ ।
मकवानपुर र ललितपुर जोड्ने बागमती पुलबाट शनिबार दिउँसो ना ६ ख ४०४२ नम्बरको गाडी बागमती नदीमा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार उक्त घटनामा चालक हेटौँडा उपहानगरपालिका–३ बस्ने ३० वर्षीय दलबहादुर बर्ताैला बेपत्ता हुनुभएको छ ।
बागमती हाइड्रोपावरको फलामको पाइप लोड गरेर मकवानपुरबाट काठमाडौँ जाँदै गर्दा दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको भनाई छ ।

पाइप बाँधिएको टुचिन (बन्धन) चुडिएर गाडी अनियन्त्रित भई पुलबाट तल खोलामा खसेको हो । गाडीमा चालक र सहचालक गरी दुई जना सवार रहेका थिए । सहचालक १७ वर्षीय प्रशन्न प्रजा हाम फालेर सकुशल रहनुभएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी लागत्तै इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी नायब निरीक्षक प्रमोद साह तेलीको नेतृत्वमा ट्राफिकसहित पाँच जनाको टोली घटनास्थल पुगेको थियो ।
नेपाली सेनाको फास्ट ट्रयाक सुरक्षा बेसबाट जमदार माधवप्रसाद घिमिरेको कमाण्डमा सात जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाल काफ्ले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles