एमाले बागमतीको मतदान शुक्रबार

लोकप्रिय

काठमाडौँ, असोज ११ गते ।

नेकपा (एमाले) बागमती प्रदेश अधिवेशनमाका लागि नेतृत्व छान्न शुक्रबार बिहानदेखि मतदान हुनेभएको छ । एमाले स्थायी कमिटी सदस्य एवम् निर्वाचन अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले बिहीबार साँझ ८ बजेसम्म उम्मेदवारी फिर्ता गराउने र सहमतिको प्रयास जारी रहने जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बेलुका ९ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेगरी समय हेरफेर भएको छ । उहाँले शुक्रबार बिहान ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ८ बजेदेखि मतदान हुने जानकारी दिनुभयो । एमाले बागमती प्रदेश अध्यक्षमा केशव पाण्डे, सानुकुमार श्रेष्ठ, कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहालको उम्मेदवारी रहेको छ ।

ताजा समाचार

Related Articles