नेपाल बंगलादेशसँग २-१ ले पराजित

लोकप्रिय

काठमाडौँ, जेठ २० गते । भारतमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल साविक विजेता बंगलादेशसग २-१ गोल अन्तरले पराजित भएको छ । गोवाको जवाहरलाल नेहरु रगशालामा अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल हार बेहोर्न बाध्य भएको हो । बंगलादेशसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालले खेलको २३ औ मिनेटमा गिता रानाको गोलबाट अग्रता बनाएको थियो । तर ४६ औं मिनेटमा ऋतु पोर्ना चक्माले बराबरी गोल फर्काइन् । प्रतिस्पर्धात्मक खेल खेलेको नेपाल विरुद्ध इन्जुरी समयमा सगोरिकाले गोल गर्दै बंगलादेशलाई तेस्रोपटक फाइनलमा पुर्याइन् । विगत १६ वर्षदेखि उपविजेतामा सिमित बनेको नेपाली टोली यसपटक पनि इतिहास रच्नबाट चुकेको छ ।

समूह चरणमा नेपालले पहिलो खेलमा भुटानलाई १-० गोलले हराउदा अन्तिम खेलमा श्रीलङ्कालाई २-० गोल अन्तरले हराउदै सेमिफाइनल यात्रा तय गरेको थियो । सन् २०१० देखि आयोजना हुँदै आएको च्याम्पियनसिपको यात्रामा अधिकांश सस्करणमा सेमिफाइनलमा पुगेको नेपालले उपाधि भने जित्न सकेको छैन । सन् २०२२ मा भएको साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेशले नेपाललाई हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो ।

ताजा समाचार

Related Articles