बागमतीमा आठ मन्त्रालय, १९१ कार्यालय

लोकप्रिय

हेटौँडा, जेठ २१ गते । बागमती प्रदेश सरकारले मन्त्रालयहरुको पुनर्संरचना गर्दै मन्त्रालय मातहतका कार्यालयहरूको सङ्ख्या कटौती गरेको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आठ मन्त्रालय मातहत १९१ कार्यालय रहने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले अनावश्यक कार्यालय खारेज, एकीकरण र नयाँ थप्ने गरी मन्त्रीपरिषद् बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

प्रदेशमा आठ मन्त्रालय १९१ कायम गरिएको छ। हाल १४ वटा मन्त्रालय र २०१ कार्यालय रहेको छ । सरकारको निर्णय आगामी साउन १ गतेबाट कार्यान्वयमा आउने छ ।
बैठकले स्वास्थ्य सेवा अन्तर्गत कार्यरत दुई जना कर्मचारीहरूको बढुवा र नियुक्तिको निर्णय गरेको छ। स्वास्थ्य सेवाका सागरप्रसाद घिमिरे र सतिस विष्टलाई ११ औँ तहमा बढुवा र पदस्थापन गर्ने निर्णय गरिएको प्रवक्ता मन्त्री तामाङले बताउनुभयो ।
बैठकले र्‍याफ्टिङ स्कुल सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति र अपाङ्गता भएका व्यक्ति सम्बन्धी प्रादेशिक नीति २०८३’ लाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

ताजा समाचार

Related Articles