खासकुरा संवाददाता
हेटौँडा, जेठ २३ गते । .

ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. १२ दुरिखेलबाट बुधबार चोरीभएको सरकारी गाडी फेला परेको छ । रातिको समयमा पार्किङ गरी राखेको बा.२ झ १८७८ नम्बरको सरकारी गाडी चोरी भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी वृत चापागाउँ र प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरी टोलीले तत्काल घटनास्थल पुगेर पछ्याउँदै जाँदा उक्त गाडी जिल्ला ललितपुर ललितपुर महानगरपालिका २८ हरिसिद्धिस्थित रिद्धिसिद्धिमा बेवारिसे अवस्थामा फेलापारी गोदावरी नगरपालिकालाई बुझाईएको जिल्ला प्रहरी परिसर ललितपुरलले जनाएको छ । उक्त गाडी चालकको घर अगाडि बाटोमा पार्किङ गरी राखेको गाडीलाई पहिला चावी चोरी त्यसपछि गाडी चोरी लगेको देखिएको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।




