रोटरीद्वारा सिद्धार्थ माविका पूर्वप्रअ श्रेष्ठ सम्मानित

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ २३ गते । . रोटरी क्लव अफ हेटौँडाले हरेक वर्ष प्रदान गर्दै आएको स्व. प्रजाराज वैद्य रोटरी भोकेस्नल एक्सलेन्स अर्वाड २०८३ शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्नु हुने हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक गोकुललाल श्रेष्ठलाई प्रदान गरेको छ ।
मकवानपुरको जिल्लाको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पु¥याएवापत श्रेष्ठलाई शनिबार हेटौँडामा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।
कार्यक्रममा एक लाख रुपियाँ राशिको पुरस्कारसहित सम्मान पूर्व प्रअ श्रेष्ठलाई बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले प्रदान गर्नुभएको थियो ।

सम्मानित श्रेष्ठले सिद्धार्थ माध्यामिक विद्यालय प्रअ भएर लामो समयसम्म योगदान गर्नुभएको थियो ।
कार्यक्रममा श्रेष्ठलाई सम्मान प्रदान गर्दै मन्त्री बादेले उहाँले रोटरी क्लबले सरकारको मात्र लगानी र प्रयासमा सम्भव नहुने शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सहयोग पु¥याएको बताउनुभयो ।
उहाँले माध्यामिक तहको शिक्षाको अधिकार स्थानीय तहको भएपनि प्रदेश सरकारले सहयोग र लगानी गर्दै आएको भन्दै प्रदेश सरकारले प्राविधिक एवं व्यावसायिक शिक्षा र नवप्रवर्तनलाई जोड दिएर काम गरिएको बताउनुभयो ।
रोटरीले समाजलाई रुपान्तरण र सक्रिय गर्न सहयोगीको भूमिका निर्वाह गर्दै आएको भन्दै मन्त्री श्रेष्ठले भन्नुभयो, रोटरीको सहयोगमा नेपालमा पोलियो विरुद्धको कार्यक्रम सम्भव र सफल भएको हो ।
प्रदेश सरकारले सुशासनलाई कायम गर्दै विकासमा लागेको बताउनुभयो । कार्यक्रममा सम्मानित गोकुललाल श्रेष्ठ, रोटरी क्लबका अध्यक्ष प्रमेश प्रधान, पूर्व अध्यक्ष सिद्धिलाल श्रेष्ठ, वर्ष २०२६–२७ का लागि निर्वाचित अध्यक्ष किशोर पराजुलीले बोल्नुभएको थियो ।
क्लबका पूर्व अध्यक्ष प्रजाराज वैद्यको स्मृतिमा रोटरी भोकेस्नल एक्सलेन्स अर्वाड उहाँको परिवारबाट स्थापना गरिएको हो ।

ताजा समाचार

Related Articles