निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा

लोकप्रिय

काठमाडौँ, जेठ २४ गते । सोमबारदेखि निजामती कर्मचारीले पाउने स्वास्थ्यसम्बन्धी सेवासुविधा चितवनको भरतपुर अस्पताल र पर्साको नारायणी अस्पताल, वीरगञ्जबाट पनि उपलब्ध हुने भएको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना जारी गरी निजामती कर्मचारी अस्पताल काठमाडौँले उपलब्ध गराउने छुट तथा सहुलियतसहितको स्वास्थ्य उपचार सेवा प्रारम्भिक चरणमा भरतपुर अस्पताल र नारायणी अस्पतालमा पनि उपलब्ध हुने जानकारी दिएको हो ।
उक्त छुट तथा सहुलियतसहितको स्वास्थ्य उपचार सेवा निजामती कर्मचारी अस्पतालबाट परिचयपत्र प्राप्त गरेका निजामती कर्मचारी, अवकाश प्राप्त निजामती कर्मचारी तथा निजहरूको आश्रित परिवारलाई तोकिएबमोजिम उपलब्ध हुनेछ । सेवा प्राप्त गर्न निजामती कर्मचारी वा अवकाश प्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचयपत्र साथमा लिई जानुपर्ने सूचनामा उल्लेख गरिएको हो ।
निजामती कर्मचारी, अवकाश प्राप्त निजामती कर्मचारी तथा निजहरूको आश्रित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य रूपमा उपलब्ध गराउने उद्देश्यले निजामती कर्मचारी अस्पतालबाट प्रदान हुँदै आएको स्वास्थ्य सेवालाई प्रदेशस्तरमा समेत विस्तार गर्ने सरकारको नीतिअनुसार सो सेवा सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

Related Articles