ललितपुरमा साहित्य उत्सव तथा स्रष्टा सम्मान सम्पन्न

लोकप्रिय

हेटौँडा, जेठ २५ गते । महालक्ष्मी साहित्य समाज ललितपुरको आयोजनामा साहित्य उत्सव तथा स्रष्टा सम्मान २०८३ भर्खरै सम्पन्न भएको छ । विनोद खत्री आकाशको सभाध्यक्षमा सञ्चालन भएको उक्त कार्यक्रममा देशभरका कविहरूको उपस्थिति रहेको थियो । महालक्ष्मी नगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोगमा भएको उक्त कार्यक्रममा कविता , गजल , मुक्तक र लघुकथा वाचन गरिएको थियो । खोटाङका विष्णु राई , मकवानपुरका बिर्खे अञ्जान , ललितपुरका शेखर आचार्य , गोविन्दबहादुर खड्का , रविन्द्रकुमार थापा र काठमाडौंका माधव विडारीले कविता पाठ गर्नुभएको थियो । यस्तै काठमाडौंका वसन्त ओली बसन्ती , सिन्धुपाल्चोकका नानीराम बस्नेत सप्तरीकी रोमा लम्साल ,ललितपुरकि एकता केसी ,काठमाडौंका रमेश बलामी , आवेश मिश्रले आफ्नोतर्फबाट गजल वाचन गर्नुभएको थियोे भने झापाकी बसुन्धरा चौहान , भक्तपुरका राजेशमान केसी , मकवानपुरका भद्रध्वज गौतम , सुनिता चौलागाईं , मल्ल विरही कैलाश कुमार मल्ल , विकास केसी र चन्दा सुनारले मुक्तक वाचन गर्नुभएको आयोजकले जनाएको छ ।

कार्यक्रममा सर्लाहीका लीलारा दाहाल र तारा केसीले लघुकथा सुनाउनु भएको थियो ।
महालक्ष्मी नगरपालिका उपमेयर लक्ष्मी महर्जन प्रमुख आतिथ्यतामाभएको सो कार्यक्रममा महालक्ष्मी नगरपालिकाको वडा नम्बर ९ का वडाध्यक्ष जयकृष्ण बोगटी नरेन्द्र थापा , रामशरण पाठक ,ज्ञानुवाकर पौडेल ,भक्तबहादुर पण्डित ,प्राज्ञ पञ्चकुमारी पौडेल ,प्राज्ञ चेतनाथ धमला , कथाकार नारायण तिवारीलगायतको उपस्थिति रहेको थियो । संस्थापक अध्यक्ष श्रीराम पौडेल उदासीलाई महालक्ष्मी विशेष स्रष्टा सम्मानसहित नगद रू ५००५ बाट सम्मानित गरिएको थियोे ।सो कार्यक्रममा मकवानपुरका बिर्खे अञ्जान , भद्रध्वज गौतम लगायत अन्य दुई दर्जन साहित्यकारहरूलाई ’महालक्ष्मी सिर्जना स्रष्टा सम्मान २०८३’ बाट सम्मानित गरिएको थियो ।

ताजा समाचार

Related Articles