मकवानपुरका दुई पालिका पूर्णखोप सुनिश्चित घोषणा

लोकप्रिय

हेटौँडा, जेठ २८ गते ।  मकवानपुरको दुईवटा पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । जिल्लाको इन्द्रसरोवर र भीमफेदी गाउँपालिकालाई बुधबार एक कार्यक्रमकाबीच पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।

आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाभित्रका १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाले सरकारले तोकेको पूर्ण खोप प्राप्त गरेको पुष्टि भएपछि घोषणा गरिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक वासुदेव रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न चरणको अनुगमन र प्रमाणीकरण प्रक्रिया पुरा गरेर मात्रै पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार इन्द्रसरोवर गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका १८२ जना र १६ महिनादेखि २३ महिनासम्मका ९४ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् । यस्तै, भीमफेदी गाउँपालिकामा जन्मदेखि १५ महिनासम्मका ३०० जना र १६ देखि २३ महिनासम्मका २२९ जना बालबालिकाले खोप पाएका छन् । भीमफेदीमा यसअघि पूर्ण खोप लगाउन छुट भएका एक जनालाई पनि पूर्ण खोपको दायरामा ल्याइएर पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

ताजा समाचार

Related Articles