रेडक्रसलाई ११ थान रेफ्रिजेरेटर हस्तान्तरण

लोकप्रिय

मकवानपुर, जेठ २८ गते । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले बागमती प्रदेशका रेडक्रस सोसाइटीलाई रेफ्रिजेरेटर प्रदान गरेको छ ।

रेडक्रस सोसाइटीका जिल्ला शाखाहरू मार्फत प्रवाह भइरहेको रक्तसञ्चार सेवा थप विस्तारका लागि ब्लड बैँक रेफ्रिजेरेटर बिहीबार हेटौँडामा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जिल्ला रेडक्रसका पदाधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

रसुवा र सिन्धुपाल्चोक बाहेकका जिल्लाका रेडक्रसलाई ११ थान ब्लड बैँक रेफ्रिजेरेटर सम्झौतासहित  हस्तान्तरण गरिएको छ। दुई लाख ७५ हजार ५५५ रुपियाँ (भ्याट बाहेक) गरी करिब ३१ लाख रुपियाँ (भ्याट बाहेक) मा ११ थान ब्लड बैँक रेफ्रिजेरेटर प्राविधिक परीक्षण गरी हस्तान्तरण गरिएको केन्द्रका बायोइन्जिनियर नेल्सन महतले कार्यक्रममा जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७८ बमोजिम सेवा प्रवाह भइरहेको सिन्धुपाल्चोक र रसुवा बाहेकका नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखामा सेवा प्रवाह नहुने अवस्थामा सो उपकरण सम्बन्धित जिल्लास्थित जनस्वास्थ्य कार्यलयलाई हस्तान्तरण गर्ने शर्तसहित उपकरण रेडक्रसका शाखालाई प्रदान गरिएको हो ।” हस्तान्तरण गरिएका ब्लड बैँक रेफ्रिजेरेटर २३० लिटरको रहेको छ र सो रेफ्रिजेरेटरमा १५० वटा ब्लब ब्याग राख्नसक्ने क्षमता रहेको छ । रेफ्रिजेरेटरमा थर्मल इन्सुलेसन, अटोमेटिक डेफ्रोस्ट, डाटा लगायतका सुविधा रहेको छ ।

 

ताजा समाचार

Related Articles