सडक आश्रित सहयोगीपेक्षी मानव उद्धार कार्यविधि स्वीकृत

लोकप्रिय

मकवानपुर, जेठ ३१ गते । बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगीपेक्षी मानव उद्धार तथा पुनस्र्थापना कार्यविधि बनाएको छ ।

बागमती प्रदेश सरकारको आइतबार बसेको मन्त्रीपरिषद् बैठकले सडक आश्रित सहयोगीपेक्षी मानव उद्धार पुनस्र्थापना तथा व्यवस्थापन कार्यविधि २०८३ स्वीकृत गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले सडक आश्रित सहयोगीपेक्षी मानव उद्धार पुनस्र्थापनालाई व्यवस्थित गर्न कार्यविधि बनाएको जानकारी दिनुभयो ।

बैठकले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव पदमा उमेशकुमार ढकाललाई जिम्मेवारी तोकी पदस्थापना गर्ने निर्णय गरेको छ । बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकको निर्णय जानकारी गराउँदै ।

 

ताजा समाचार

Related Articles