बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत हुने अनुमान

लोकप्रिय

हेटौँडा, जेठ ३१ गते । नेपालको कुल अर्थतन्त्रमा बागमती प्रदेशको हिस्सा ३६.७ प्रतिशत रहने देखिएको छ । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण अनुसार प्रदेशको कुल अर्थतन्त्र (कुल गार्हस्थ्य उत्पादन) २४ खर्ब २३ अर्ब रुपियाँभन्दा बढी पुग्ने प्रक्षेपण गरिएको छ ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आइतबार बसेको प्रदेश सभा बैठकमा प्रस्तुत गर्नुभएको बागमती प्रदेश आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार बागमतीको उक्त अर्थतन्त्रसहित नेपालको अर्थतन्त्र आकार ६६ खर्ब ९ करोड रुपियाँ पुग्ने अनुमान गरिएको छ।

बागमती प्रदेशको चालु आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशको आर्थिक वृद्धि दर ५.४ प्रतिशत पुग्ने अनुमान गरिएको छ । मन्त्री तामाङका अनुसार आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ३.८५ प्रतिशत रहने अनुमान गरिएको थियो।
आर्थिक सर्वेक्षणले बागमती प्रदेशका नागरिकको औसत आय राष्ट्रिय औसतभन्दा बढी देखाएको छ । चालु आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५१३ अमेरिकी डलर रहने अनुमान गरिएकामा बागमतीका नागरिकको प्रतिव्यक्ति आय २ हजार ६४४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

ताजा समाचार

Related Articles