विनियोजन विधेयक राष्ट्रिय सभाबाट पारित

लोकप्रिय

काठमाडौँ, असार २३ गते । विनियोजन विधेयक २०८३ राष्ट्रिय सभाबाट बहुमतले पारित गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ पारित गरियोस् भनि प्रस्तुत गर्नुभएको प्रस्ताव सभाबाट बहुमतले पारित भएको राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले घोषणा गर्नुभयो ।

यसअघि, राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र रहेको बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयका तर्फबाट संसद्मा जवाफ प्रस्तुत गर्दै मन्त्री वाग्लेले सरकारको नीति, बजेट र कार्यक्रमहरू मुलुकको दीर्घकालीन विकास र सुशासनमा केन्द्रित रहेको स्पष्ट पार्नुभएको हो ।

ताजा समाचार

Related Articles