काठमाडौँ, असार २३ गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन वर्षअघि दायर मुद्दामा जिल्ला अदालत काठमाडौंले सबै प्रतिवादीहरुलाई कसुरदार ठहर गरेको छ ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले प्रतिवादीहरु पूर्व उपप्नधानमन्त्री टोप बहादुर रायमाझी गृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत मुद्दा चलाइएका सबै आरोपीहरुलाई कसुरदार ठहर गरेको हो ।

इजालासले कसुरदारको सजाय निर्धारणका लागि इजालास समक्ष पेश गर्न आदेश गरेको छ ।




