काठमाडौँ, असार २५ गते । राष्ट्रिय सभाको आजको बैठकले सम्पत्ति शुद्धीकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक २०८३ सहित छ वटा विधेयक पारित गरेको छ ।

राष्ट्रियसभा बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक २०८३, सहकारी पहिलो संशोधन विधेयक २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८३, आर्थिक विधेयक २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३ माथिको छलफलपछि सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा सभाध्यक्ष नारायण दाहालले आज राष्ट्रिय सभाले चार वटा अध्यादेश प्रतिस्थापन विधेयक संसदीय समितिमा छलफल गरि समितिको प्रतिवेदनसहित र दुई वटा आश्रित विधेयक सभामै छलफल गरेर एकैदिन पारित गरी प्रतिनिधिसभामा पठाइएको बताउनुभयो ।




