आफूलाई कुनै ‘स्टन्टबाजी’ गर्ने इच्छा छैन

लोकप्रिय

काठमाडौँ, असार २६ गते । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामा राजनीतिकरण गर्न सांसदलाई आग्रह गर्नुभएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । गणेश नेपालीको निधन भएपछि सांसदमा उठेका प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री गुरुङले यो बताउनुभएको हो । ‘कसैको पीडामाथि राजनीतिक नगर्नुहोस् । देश बनाउन सबै सक्रिय बन्नुपर्छ । आफ्नो दायित्त्वबाट सरकार एक इन्च पनि पछाडि पर्दैनौँ । सरकारले अथक प्रयास गर्दागर्दैै गणेश नेपाली हामीमाझ हुनुहुन्न । तपाईंहरुले प्रश्न गर्नुभयो । हामीले अन्तिम समयसम्म प्रयास गरेका छौँ’, गृहमन्त्री गुरुङले भन्नुभयो ।

गृहमन्त्री गुरुङले आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीलाई उपचारका लागि भारत पठाउन आफूहरूले धेरै मेहनत गरेको बताउनुभयो । मुखले मात्र बोलेर जनताको सेवा नहुने बताउनुहुँदै उहाँले फिल्डमै गएर जनताको सेवा गर्नुपर्नेमा जोड दिनुभएको छ । गृहमन्त्री गुरुङले आफूलाई कुनै ‘स्टन्टबाजी’ गर्ने इच्छा नभएको र देशको सेवा गर्न नै आएको प्रस्ट पार्नुभयो । नेपालीलाई उपचारका लागि भारत लैजान आफूहरूले अथक प्रयास गरे पनि चिकित्सकको सल्लाहबमोजिम नै उहाँलाई भारत नलगी वीर अस्पतालमा उपचार गरिएको उहाँले जानकारी दिनुभयो ।

सरकारको कार्यशैली र क्षेत्राधिकारबारे प्रतिपक्षी दलहरू सचेत हुनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “सरकार कसरी सञ्चालन हुन्छ भनेर म सिकाउन चाहन्छु । सरकार तीन तहको हुन्छ । जुन ठाउँमा घटना घट्यो, त्यो ठाउँमा ट्राफिक प्रहरीले ह्विल लक लगाएको होइन, नगर प्रहरीले लगाएको हो ।”

ताजा समाचार

Related Articles