मन्त्रीपरिषद् बैठकः बाल विवाह अन्त्य सम्बन्धी प्रादेशिक रणनीति स्वीकृत

लोकप्रिय

हेटौँडा, असार २६ गते । बागमती प्रदेश सरकारले दलितको सशक्तीकरणसम्बन्धी कानुन बनाउनेभएको । बागमती प्रदेश सरकारको शुक्रबार हेटौँडामा बसेको मन्त्रीपरिषद् बैठकले बागमती प्रदेशभित्रका दलितको सशक्तीकरणको लागि व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बैठकले बाल विवाह अन्त्य सम्बन्धी प्रादेशिक रणनीति तथा कार्ययोजना, २०८३ स्वीकृत गर्ने बैठकले गरेको बताउनुभयो ।
बैठकले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन संशोधनको लागि बनेको विधेयकको मस्यौदा परामर्शको लागि प्रदेश लोक सेवा आयोगमा पठाउने निर्णय गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री तामाङले बैठकले मकवानपुरको बकैया गाउँपालिकास्थितलाई प्रदेश प्राथमिकता प्राप्त आयोजनाको रूपमा छनोट गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
बैठकल प्रदेश औद्योगिक व्यवसाय नियमावली, २०८३ स्वीकृति गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषद् बैठकले प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन, २०७६ को अनुसूची हेरफेर स्वीकृत गर्ने र प्रदेश सहकारी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताउनुभयो ।

ताजा समाचार

Related Articles