प्रदेशका उत्कृष्ट सामुदायिक वन पुरस्कृत

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार २७ गते । बागमती प्रदेशको वन निर्देशनालय, हेटौँडाले तीन वटा उत्कृष्ट सामुदायिक वन उपभोक्ता समितिलाई पुरस्कृत गरेको छ ।
हेटौँडामा आयोजित कार्यक्रममा आ.व. २०८२÷०८३ मा उत्कृष्ट भएका तीन सामुदायिक वन उपभोक्ता समूहहरूलाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।
चालु आ.व. निर्देशनालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रदेशका १५ डिभिजन वन कार्यालयहरूबाट प्राप्त सिफारिस तथा वन निर्देशनालयका वरिष्ट उपनिर्देशक थीर बहादुर कार्कीको संयोजकत्वमा गठित मूल्यांकन समितिले उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूहहरूको छनौट गरेको थियो ।
डिभिजन वन कार्यालयहरूको मूल्यांकनबाट चतुर्मुखी सावउस., कालिका न.पा.–१, चितवन प्रथम, सुनाचुरी सावउस, मनहरी गा.पा.–६, मकवानपुर द्वितीय तथा श्री बिमिरेचौर सा.व.उ.स., महांकाल गा.पा.–१, ललीतपुर तृतीय घोषित हुँदै क्रमशः ३० हजार, द्वितीय हुने समूहलाई २२ हजार तृतीय हुने समूहलाई १८ हजार ०००।– (कर सहित) नगद पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिएको हो ।
कार्यक्रममा प्रदेश वन निर्देशक श्री विद्यानाथ झाज्यूले पुरस्कृत समूहहरूलाई बधाई ज्ञापन गर्दै प्रख्यात राष्ट्रिय स्तरको गणेशमान सिंह उत्कृष्ठ वन पुरस्कार छनौट मापदण्ड अवलम्बन गरी पुरस्कृत समूहहरू छनौट गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा वन निर्देशनालयका उपनिर्देशक लोकनाथ लम्साल, डिवका व.का., चितवनका व.व.अ. देवीचन्द्र पौडेल, वन निर्देशनालयका व.व.अ.सविना रिजाल, वन अधिकृत, सहायक वन अधिकृत, रेञ्जरलगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles