खासकुरा संवाददाता
हेटौँडा, साउन ६ गते । मकवानपुरको थाहा नगरपालिका ६ वज्रबाराहीस्थित बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना दिवस मनाएको छ ।
सहकारीले १८ औँ स्थापना दिवस बुधबार संस्थाको कार्यक्षेत्रमा पर्ने थाहा १० र ईन्द्रसरोबर गाउँपालिका १ मा अवस्थित पर्यटकीयस्थल बाख्रा विकास फार्मको चौरको सरसफाई गरी मनाएको हो ।
मकवानपुरको उत्तरी क्षेत्रमा अवस्थित उक्त पर्यटकीय स्थलमा रहेको फोहोर सङ्कलन गरी व्यवस्थापन गरिएको छ ।
उक्त कार्यक्रममा संस्थाका सञ्चालक समितिका सदस्यहरु, लेखा समितीका सदस्यहरू, विभिन्न उपसमितिका सदस्यहरु र व्यवस्थापन समितिका सदस्यहरुको सहभागितामा सरसफाई गरिएको थियो ।




