सिद्धार्थ माविको व्यवस्थापन समिति अध्यक्षमा गोले चयन

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ६ गते । हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविना गोले सर्वसम्मत् चयन हुनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिमा निर्वाचित चार जना सदस्यहरुमध्येबाट अध्यक्षमा गोले सर्वसम्मत् रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।

गत शनिबार भएको विद्यालय व्यवस्थापन समितिको निर्वाचनबाट गोलेसहित अशोक पण्डित, सरिता दाहाल र शिवप्रसाद अगस्ती सदस्य पदमा निर्वाचित हुनुभएको थियो । चार जना सदस्यहरुको बैठकबाट अध्यक्षमा गोलेलाई सर्वसम्मत् चयन गरिएको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिनुभयो ।
यसैबिच विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधिमा मोहन न्यौपाने चयन हुनुभएको छ ।
अध्यक्षमा निर्वाचित गोलेले विद्यालयलाई सुविधा सम्पन्नसँगै विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिमा विद्यालय व्यवस्थापन समिति लाग्ने बताउनुभयो ।

ताजा समाचार

Related Articles