हेटौँडामा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

लोकप्रिय

मकवानपुर, साउन ६ गते । हेटौँडा उपमहानगरपालिका ११ मा ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
हेटौँडा ११ झम्सिङटार नजिकै भित्री सडकखण्डको बिच जङ्गलममा हेटौँडा बजारबाट झम्सिङटारतर्फ जाँदै गरेको म.प्र.०३–००२ त.०३९७ नं. को ट्याक्टर दुर्घटना हुँदा सल्यान जिल्ला कपुरकोट गाउँपालिका ३ का २२ वर्षीय विक्रम खड्काको मृत्युभएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बालुवा लोड गरेको उक्त ट्याक्टर मङ्गलबार साँझ कच्ची उकालो बाटोमा चिप्लिएर अनियन्त्रित भई पल्टन जाँदा दुर्घटना भएको बताउनुभयो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका खड्कालाई उपचारको लागी हेटाँैडा अस्पतालमा ल्याईएकोमा घाइतेको उपचारको क्रममा राति २२ः३० बजेको समयमा डाक्टरले जाँच गर्दा मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनुभयो । उहाँका मृतकको आफन्तलाई जानकारी गराईएको र घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।

ताजा समाचार

Related Articles