त्रिविविले मनायो ६७औँ वार्षिकोत्सव

लोकप्रिय

काठमाडौँ, साउन ७ गते । मुलुकको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आज आफ्नो ६७औँ वार्षिकोत्सव मनाएको छ । विश्वविद्यालय दिवसका अवसरमा कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले झण्डोत्तोलन गर्नुभयो ।

त्यस अवसरमा दीर्घ सेवा गरेका प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो । विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले विश्वविद्यालयको वर्तमान अवस्था, प्रगति र भावी योजनाबारे जानकारी गराउँदै उत्कृष्ट शिक्षा, अनुसन्धान र नवप्रवर्तनमार्फत विश्वविद्यालयको शैक्षिक उन्नयनलाई आफूले केन्द्रमा राखेको बताउनुभयो ।

विसं २०१६ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाँच अध्ययन संस्थान, चार सङ्काय, ४० केन्द्रीय विभाग, ६४ आङ्गिक क्याम्पस, एक हजार ५३ सम्बन्धनप्राप्त क्याम्पस तथा चार अध्ययन केन्द्र छन् । हाल विश्वविद्यालयमा पाँच लाख विद्यार्थी अध्ययनरत छन् भने १६ हजार ६२ कर्मचारी कार्यरत छन् ।

ताजा समाचार

Related Articles