सरकारको समृद्धिको यात्रामा अघि बढेको छ

लोकप्रिय

जनकपुरधाम, साउन ११ गते । शिक्षा तथा खेलकुद मन्त्री एवं नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले वर्तमान सरकार आफ्नो गतिमा काम गरिरहेकाले सकारात्मक परिणाम देखा पर्न थालेको बताउनुभएको छ । शिक्षामन्त्री पोखरेलले आज जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै वर्तमान सरकारलाई अवसर तथा चुनौती दुवै रहेकाले चुनौतीको सामना गर्दै देशको विकास तथा समृद्धिको यात्रामा अघि बढेको बताउनुभयो ।

प्रवक्ता पोखरेलले सरकारले देशमा धेरै काम गर्नुपर्ने भएकाले भएका अवसरहरूको सदुपयोग गर्दै अगाडी बढेकाले छोटो समयमा पनि मुलुकमा सुशासन तथा जनतालाई परिवर्तनको अनुभूति गराउने गरि काम गरेको बताउनुभयो ।

राजर्षि जनक विश्व विद्यालयका सह–कुलपति समेत रहनुभएका शिक्षामन्त्री पोखरेलले विश्वविद्यालयमा भएका समस्याहरूको समाधान गर्न उपकुलपतिसँग भेटवार्ता गरी विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रशासनिक व्यवस्थापन तथा भौतिक पूर्वाधार विकासका विषयमा विस्तृत छलफल गर्न आएको बताउनुभयो । उहाँले राजर्षि जनक विश्वविद्यालयलाई फरक तथा परिष्कृत किसिमले सञ्चालन गर्ने सोचमा सरकार रहेको बताउनुभयो । उहाँले विश्वविद्यालयलाई थप व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन आवश्यक सबै पक्षसँग समन्वय गर्ने काम भइरहेको जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles