हेटौँडा, साउन ११ गते । बागमती प्रदेशमा टुक्रे योजनाका कारण बजेट तथा योजना कार्यान्वयनमा समस्या भएको बताइएको छ ।
प्रदेशको खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयको सोमबार हेटौँडामा आयोजित आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा समयमा बजेट निकासा नहुने र जनशक्तिको तुलनामा योजना बढी हुँदा प्रभावकारी कार्यान्वयनमा समस्या औँल्याइएको हो ।
कार्यक्रममा सहभागीहरुले बजेटको सुनिश्चितता समयमा हुनुपर्ने भन्दै वैशाख, जेठमा सुनिश्चितता भएर बजेट आउँदा कार्यान्वयनमा जटिलता उत्पन्न भएको बताएको बताएको थिए ।
कार्यक्रममा मन्त्रालय अन्तर्गतका कार्यालयहरुहरु कटौती भएकोले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को अभावमा कार्यसम्पादनमा समस्या भएको भन्दै तत्लका ओएनएमको तयार गर्नु जोड दिइएको थियो ।
गत आवमा मन्त्रालयले कुल आठ अर्ब ५२ करोड ३६ लाख ६२ हजार रुपियाँ बजेटमध्ये सात अर्ब ३९ करोड ६० लाख ४३ हजार रुपियाँ अर्थात् ८६.७७ प्रतिशत खर्च गरेको छ ।
मन्त्रालयलेको तथ्याङक अनुसार ९१ करोड १५ लाख चार रुपियाँ बेरुजु फछ्र्यौट हुन बाँकी रहेको छ ।
कार्यक्रममा प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले मन्त्रालयले टुक्रे योजनाहरुमा कटौती गर्ने नीति लिएअनुसार चालु आवमा टुक्रे योजनामा कटौती गरिएको बताउनुभयो ।
उहाँले विगतमा योजनाहरूको चाङ रहेकोमा नीतिगत सुधार गर्दै व्यवस्थित गर्ने गरी काम भइरहेको भन्दै नीतिगत सुधारका कारण मन्त्रालयको काममा समेत सुधार र प्रगति हासिल भएको बताउनुभयो ।
जेनजी आन्दोलन, सङ्घीय निर्वाचन र बढ्दो महङ्गी प्रभाव सबै तिर परेको छ उहाँले भन्नुभयो, क्रमागत आयोजनाहरूको प्रभावकारी व्यवस्थापन, बहुवर्षीय आयोजनाहरूको समयमै सम्पन्नता र टुक्रे आयोजनाहरूलाई घटाउने रणनीतिमा मन्त्रालय रहेको छ ।
उहाँले मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको काम अन्तिम चरणमा पुगेको भन्दै मन्त्रीपरिषद्बाट प्रक्रिया टुङ्ग्याएर छिट्टै आउने बताउनुभयो ।
मन्त्रालयका सचिव ईन्द्रदेव भट्टले मन्त्रालयले बेरुजु घटाउनेसँगै मन्त्रालय र मन्त्रालय मातहतका कामलाई कार्यालयलाई व्यवस्थित बनाउने काम भईरहेको बताउनुभयो ।
कार्यक्रममा मन्त्रालयका प्रवक्ता मेघराज अवस्थीले खानेपानीतर्फ ४६७ वटा खानेपानी आयोजना सम्पन्न र १६ हजार ८६१ नयाँ निजी धाराहरू जडान गरिएका जानकारी दिनुभयो ।
मन्त्रालयका उपसचिव (लेखा) गोविन्द अधिकारीले बढ्दो बेरुजु समस्या बनेको बताउनुभयो । कार्यक्रममा मन्त्रालय मातहतका कार्यालयहरुले गत आवमा सम्पादन गरेका कामहरुको वार्षिक समीक्षा प्रस्तुत गर्नुभएको थियो ।




