हेटौँडा, साउन ११ गते । हेटौँडा उपमहानगरपालिका ११ थानाभ¥याङस्थित यातायात व्यवस्था कार्यालय नजिकै भएको आश्मान गोपाली मृत्यु प्रकरणमा मकवानपुर प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ ।
मकवानपुरको थाहा नगरपालिका १० का ४१ वर्षीय गोपालीलाई आइतबार बिहान मृत अवस्थामा फेला पारिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले उक्त घटना सम्बन्धमा आठ जनालाई नियन्त्रणमा लिइ सोधपुछ तथा अनुसन्धान कार्य भइरहेकोजानकारी दिनुभयो ।
नियन्त्रणमा लिएकाहरुमा मकवानपुरको कैलाश गाउँपालिका ९ का २२ वर्षीया पार्वती ब्लोन, मनहरी गाउँपालिका ३ की ३४ वर्षीया राममाया थिङ, बकैया गाउँपालिका ५ का ४० वर्षीय कमान सिंह माझी र हेटौँडा उपमहानगरपालिका १७ का २४ वर्षीय रबिन प्रजा रहेका छन् ।
यस्तै प्रहरीले ललितपुर जिल्ला गोदावरी नगरपालिका ७ की ३५ वर्षीया आशिका लामा, उदयपुर जिल्ला बेलटार नगरपालिका ७ की ३२ वर्षीया मनिषा दाहाल, नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका ५ की २२ वर्षीया बिनिशा तामाङ भन्ने मोनिका थिङ र
सिन्धुली जिल्ला घ्यांङलेख गाउँपालिका २ की ३३ वर्षीया निरु तामाङलाई नियन्त्रणमा लिएको छ ।
घटनास्थल आसपासममा रगतहरु देखिएपछि हत्या भएको आशङ्का गरिएको छ ।
घटना शङ्कास्पद देखिएपछि घटनास्थलमा बागमती प्रदेश प्रहरी कार्यालय केनाइन शाखाबाट कुकुरसहितको टोली अनुसन्धानको लागि परिचालन गरिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनुभयो ।




