जबरजस्ती करणी मुद्दाका फरार कतारबाट पक्राउ

लोकप्रिय

हेटौँडा, साउन १३ गते । इन्टरपोलबाट रेड नोटिस जारी भएका हाडनातामा जबरजस्ती करणी मुद्दाका फरार एक प्रतिवादीलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ । हाडनातामा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि फरार भई कतार पुगेका भोजपुरका ३२ वर्षीय जनक राई पक्राउ परेका हुँन् । उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गत इन्टरपोल शाखाको अनुरोधमा सन् २०२५ अप्रिल १ (२०८१ चैत १९) मा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएको थियो ।
एनसीबी काठमाडौं र एनसीबी दोहा, कतारबीचको निरन्तर समन्वयमा राईलाई कतारमा पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर डिपोर्ट मार्फत नेपाल ल्याइएको हो । मंगलबार एनसीबी काठमाडौं (इन्टरपोल शाखा) बाट खटिएको प्रहरी टोलीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिई प्रहरी वृत्त गौशालामा राखि थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएका प्रहरी कर्मचारीलाई बुझाउने कानुनी प्रक्रिया अघि बढाइएको छ ।

ताजा समाचार

Related Articles