हेटौँडामा बृहत सद्भाव र्‍याली सम्पन्न

लोकप्रिय

मकवानपुर, साउन १६ गते । हेटौँडामा धार्मिक सहिष्णुता, शान्ति र एकताका लागि बृहत सद्भाव ¥याली आयोजना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको अगुवाइमा शनिबार सद्भाव र्‍याली आयोजना गरिएको हो । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्रचौरबाट सुरुभएको सदभाव ¥यालीमा विभिन्न धर्मका धार्मिक अगुवाहरु, सङ्घीय सांसद् एवं स्थानीय तहका जनप्रतिनिधिरु, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, नागरिक समाजका अगुवा, उद्योगी व्यापारी, सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका अगुवालगायत सर्वसाधारणको सहभागी रहेका थियो ।
हेटौँडा बजार परिक्रमापछि हेटौँडा २ स्थित सङ्गम चोकमा पुगेर सभामा परिणत भएको सो कार्यक्रममा बोल्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सुनसरी, सिराहालगायतका तराईका जिल्लामा भएका घटना निकै दुखद भएको जनाउँदै शान्ति र सद्भाव कायम राख्न यो कार्यक्रम गरिएको बताउनुभयो । उहाँले सुनसरी र सिराहाका घटनामा मारिएका युवाप्रति श्रद्धान्जली अर्पण गर्दै मकवानपुर जिल्ला सामाजिक सद्भाव् र सहिष्णुताका दृष्टिले उदाहरणीय जिल्ला भएको बताउनुभयो ।
सद्भाव ¥यालीमा मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाश गौतम, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामालगायतको सहभागिता रहको थियो ।
सङ्गमचौकमा भएको कोणसभामा सुनसरी र सिराहामा मारिएका युवाप्रति श्रद्धान्जलि व्यक्त गर्दै एक मिनेट मौनधारण र उनीहरुको सम्झनामा दीप प्रज्ज्वलन गरिएको थियो ।

ताजा समाचार

Related Articles