रोधीघरमा काम गर्ने युवतीको मृत्यु

लोकप्रिय

मकवानपुर, साउन १६ गते । हेटौँडा उपमहानगरपालिका १० टिसिएन रोड स्थित थकाली रोधी घरमा कार्यरत एक युवतीको मृत्युभएको छ ।
भरतपुर महानगरपालिका ११ घर भई हाल हेटौँडा उपमहानगरपालिका १० टिसिएन रोडमा डेरा गरी बस्ने १७–१८ वर्षीया अनिशा विकको शुक्रबार मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आरआएस थकाली रोधी घरमा वेटरको रुपमा काम गर्ने अनिशालाई अचेत अबस्था फेला पारी साथीहरुले श्रक्रबार साँझ हेटौडा अस्पतालमा लगेका थिए । डाक्टरले इसिजी गर्दा मृत्यु भएको जानकारी सोही अस्पतालमा खटिएका प्रहरी कर्मचारीबाट प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले दिनुभयो ।
घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीको नेतृत्वमा गएको टोलीबाट थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।

ताजा समाचार

Related Articles