एमाले गण्डकीमा उम्मेदवारी दर्ता भोलि

लोकप्रिय

कास्की, असोज १६ गते ।

 नेकपा एमाले गण्डकी प्रदेश कमिटी अधिवेशनमा पदाधिकारी तथा सदस्यका लागि भोलि १७ गते बुधबार उम्मेदवारी दर्ता हुने भएको छ । १६ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका थियो ।

उम्मेदवारहरूको क्लसटर मिलाउनुपर्ने भएको हुँदा मनोनयनका लागि बुधवारको समय दिने निर्वाचन कमिटीले जनाएको छ । प्रदेश कमिटीमा जनजाति, महिला, जिल्ला, युवा र दलित लगायतका लागि क्लसटर मिलाउनुपर्ने भएको हुँदा मनोनयनको समय सारिएको हो । पोखरा सभागृहमा प्रदेश अधिवेशन चलिरहेको छ ।

उम्मेदवारी दर्ताका लागि बिहान ७ बजेको समय तोकिएको छ । मङ्गलवार ३ बजेबाट ५ बजे सारे पनि प्रक्रिया पूरा गर्नै समय लागेपछि पर धकेलिएको नेता रश्मि आचार्यले जानकारी दिनु भयो 

ताजा समाचार

Related Articles