स्वास्थ्य क्षेत्रमा जनशक्ति कम भएर समस्या देखिएको छ 

लोकप्रिय

नेपालगञ्ज, असोज १६ गते ।

 स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा जनशक्ति कम भएर समस्या देखिएको बताउनुभएको छ । 

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आज निरीक्षण गर्दै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति व्यवस्थापनको समस्यालाई छिट्टै हल गरिने बताउनुभयो । उहाँले खजुरा क्यान्सर अस्पतालको दरबन्दी स्वीकृतिका लागि क्याबिनेटमा गइसकेको जानकारी दिँदै अब छिट्टै जनशक्ति व्यवस्थापन हुने बताउनुभयो । उहाँले दक्ष जनशक्ति थप्न अर्थ मन्त्रालय सहमत भएको जानकारी दिनुभयो । 

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री राजु खनालले अस्पतालहरूमा देखिएको जनशक्ति अभाव, उपकरण व्यवस्थापन लगायतका समस्या समाधानमा प्रदेश सरकार केन्द्रित रहेको बताउनुभयो ।  सुशील कोइराला क्यान्सर अस्पतालमा अहिलेसम्म एक जनाको पनि दरबन्दी छैन । सबै स्वास्थ्यकर्मी काजमा छन् । 

ताजा समाचार

Related Articles