मेट्रो रेल र सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने

लोकप्रिय

हेटौँडा असार २ गते । बागमती प्रदेश सरकारले मेट्रो रेल र सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिनेभएको । शैक्षिक गुणस्तर अभिृवृद्धि गर्न सामुदायिक विद्यालयका शिक्षकलाई मागमा आधारित तालिम दिइने भएको छ ।
बागमती प्रदेश सभाको सोमबारको बैठकमा आगामी आवका लागि बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्ष २०८३÷०८४ को राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्दै समृद्ध बागमती प्रदेश निर्माण गर्ने योजनासहित बजेट ल्याइएको बताउनुभयो ।
बागमती विश्वविद्यालयको भौतिक सवलीकरणलाई आगामी आवमा प्राथमकितामा राखिएको छ ।
भरतपुर, ललितपुरको गोदावरी र हेटौँडामा निर्माणाधीन रङ्गशालालाई उच्च प्राथमिकतामा राखिएको छ ।
प्रदेश अस्पतालमा अत्याधुनिक उपकरणसहित विशिष्टिकृत सेवा उपलब्ध गराउने गरी बजेट व्यवस्था गरिएको मन्त्री तामाङले बजेट प्रस्तुत गर्दै बताउनुभयो ।

स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयलाई नौ अर्ब छ करोड दुई लाख ३९ हजार रुपियाँ विनियोजन गरिएको छ ।
खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयलाई आठ अर्ब ९० करोड ६१ लाख ८५ हजार रुपियाँ विनियोजन गरिएको छ ।
मानव सूचकाङ्कमा पछाडि परेका पालिकाहरुलाई प्रादेशिक गौरवका पक्की सडक आयोजनासँग जोड्न प्राथमिकता दिँदै बजेत विनियोजन गरिएको मन्त्री तामाङले बताउनुभयो ।
काठमाडौँ उपत्यकामा मेट्रो रेल र भीमफेदी कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिनेभएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि २५ अर्ब ६० करोड आठ लाख ४८ हजार रुपियाँ विनियोजन गरिएको छ ।
सङ्घीय सरकारले वृद्धि गरेको तलब, प्रोत्साहन भत्ता र महङ्गी भत्ता बागमती प्रदेश सरकारका स्वीकृत दरबन्दीका कर्मचारीहरुले पनि पाउने गरी बजेटमा व्यवस्था गरिएको छ ।

ताजा समाचार

Related Articles