छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, दस घाइते

लोकप्रिय

हेटौँडा, असोज १७ गते ।
मकवानपुरमा बुधबार भएको छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु र १० जना घाइते भएका छन् ।
हेटौँडा–धरान–चतरा सडक अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका ५ स्थित तीनतलेमा हेटौँडाबाट छतिवनतर्फ जाँदै गरेको दुध बोक्ने ना१घ ५४४ नम्बरको ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्करका चालक हेटौँडा उपमहानगरपालिका ९ का सिद्धान्त लामाको मृत्युभएको छ । ट्याङ्कर सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लामाको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्युभएको हो । ट्याङ्कर दुर्घटनामा घाइते भएका सहचालक धादिङको गजुरीका प्रेम अधिकारीको उपचार भईरहेको छ ।
यसैगरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ स्थित सान्नीटारमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको म्याजिकलाई सोही दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिँदा नौ जना घाइते भएका छन् । ना१ज ३१६७ नं. को म्याजिक रोकेर यात्रु चढाउने क्रममा ना५ख ९६८४ नं.को ट्रकले ठक्कर दिएको हो । घाइतेमध्ये दुई वर्षीया बालिका कुश्मी मोक्तान र ५६ वर्षीया ठूलीमाया बम्जनको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि चितवन पठाइएको र बाँकीको हेटौँडा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ताजा समाचार

Related Articles