निजी डेरीको समस्याका बारेमा छलफल

लोकप्रिय

खाशकुरा संवाददाता
ललितपुर, असोज २१ गते ।
बागमती प्रदेश दुग्ध विकास बोर्डको आयोजनामा आइतबार निजी डेरी उद्योगीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.राजेन्द्रमान श्रेष्ठको विशेष उपस्थितिमा भएको कार्यक्रममा प्रदेश दुग्ध विकास बोर्ड बागमतीका उपाध्यक्ष टिकाबल्लभ सापकोटाले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा प्रदेश दुग्ध बोर्डका डा. उमेश थापा मगर, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल र दुग्ध विकास संस्थानका उपमहाप्रबन्धक राजेन्द्र अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्र प्रस्तुतीपछि मन्त्री श्रेष्ठले डेरी उद्योगहरुको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा हेटौँडामा रहेको पाउडर प्लान्ट सञ्चालनका बारेमा छलफल भएको थियो । डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले दसैँ तिहारपछि मिल्क होलिडे हुनेतर्फ सचेत गराउनुभयो ।
मन्त्रीका सल्लहकार एवं डेरी विज्ञ डा. नारायणबहादुर श्रेठले पाउडर दुध कारखाना सञ्चालन खाका प्रस्तुत गर्नुभयो ।

ताजा समाचार

Related Articles