सुरक्षाको स्थितिको सुक्ष्म अध्ययन गर्न सशस्त्र प्रहरीलाई निर्देशन

लोकप्रिय

काठमाडौँ, असोज २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षा र चुनौतीको विषयलाई सुक्ष्म अध्ययन गरी आवश्यक रणनीतिसहित अगाडि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौँमा आज सिनं १५का सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले नेपालको संविधान, प्रचलित कानुनको अधिनमा रही सरकारको निर्देशन बमोजिम जनसेवा र सुरक्षामा केन्द्रित हुन सशस्त्र प्रहरीको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले आगामी दिनमा सूचना प्रविधिको विकासले दिएको अथाह सम्भावनाका साथै निम्त्याएका बहुआयमिक चुनौतीको सामना र सम्बोधन गर्न सङ्गठनले थप प्रभावकारी योजना निर्माण गरी क्षमता अभिवृद्धिमा ध्यान दिन पनि सुझाव दिनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “एउटा बलियो र सार्वभौम राज्यका लागि भूगोल, जनता, राज्यको अग्रगामी चरित्र, जनउत्तरदायी राज्ययन्त्र, स्वाधीन अर्थतन्त्र, बलियो सरकारलगायतका आधारभूत पक्ष आवश्यकता पर्छ, बलियो सुरक्षा अङ्ग र प्रभावकारी सुरक्षाबिना देशमा विकास र समृद्धिको वातावरण एवं मनोविज्ञान निर्माण गर्न सम्भव हुँदैन, त्यसैले नेपालको संविधान, प्रचलित कानुनको अधिनमा रही सरकारको निर्देशन बमोजिम जनसेवा र सुरक्षामा केन्द्रित हुनुपर्दछ ।”

उहाँले सशस्त्र प्रहरी बलले सम्पादन गर्ने काम र जिम्मेवारीलाई थप विशिष्टिकृत र प्रभावकारी तुल्याउन सुरक्षाकर्मीको क्षमता अभिवृद्धि, साधनस्रोतको उपलब्धता, सुदृढ सङ्गठन प्रणाली र व्यवस्थापन महत्वपूर्ण पक्ष भएको बताउनुभयो ।

ताजा समाचार

Related Articles