कृषि ऐन तत्काल ल्याउन सांसदहरूको माग

लोकप्रिय

काठमाडौँ , असोज २४ गते

 कृषि उत्पादनमा वृद्धि र विश्वास बढाउन सरकारले तत्काल कृषि ऐन ल्याउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले कृषि व्यवसायलाई समृद्ध बनाउन नीतिगत सुधार गरिनुपर्नेमा जोड दिँदै  सरकारले कृषि ऐनको मस्यौदा ल्याउन ढिलाइ गरेको प्रति असन्तुष्टि जनाउनुभयो । 

बैठकमा समितिकी सभापति डा आरजु राणाले कृषि पेशामा युवाहरूको आकर्षण बढाउन कृषि व्यवसायको अध्ययन अनुसन्धान गरिनुपर्नेमा जोड दिँदै मस्यौदा भइरहेको कृषि ऐनमाथि पनि छलफल गरी मस्यौदा समितिलाई सुझाव दिइने बताउनुभयो । 

बैठकमा कृषि विज्ञ डाक्टर महेन्द्र खनालले नेपालमा कृषि व्यवसायका लागि गरिनुपर्ने नीतिगत सुधारका विषयमा प्रस्तुती गर्नुभयो । 

ताजा समाचार

Related Articles