अलपत्र परेका नेपालीलाई लिन परराष्ट्रमन्त्री इजरायल जानुहुँदै

लोकप्रिय

काठमाडौँ, असोज २४ गते ।

 हमासको आक्रमणबाट इजरायलमा अलपत्र परेका र नेपाल फर्कन चाहने नेपालीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आज इजरायल जानु हुने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आज राति ११ बजे नेपाल एयरको विमान लिएर परराष्ट्रमन्त्री साउद नेतृत्वको टोलीलाई इजरायल पठाउने निर्णय गरेको हो ।

यस्तै इजारायलमा रहेका नेपालीहरु अन्य विमानबाट नेपाल फर्कन चाहेमा पनि विमान भाडा सरकारले बेहोर्ने निर्णय गरेको बैठकपछि कानुन न्याय तथा संसदीय मन्त्री धनराज गुरुङ्गले जानकारी दिनुभयो ।
अहिलेसम्म करीव ४ सय जनाले नेपाल फर्कनका लागि अनलाइन विवरण भरिसकेका छन् ।

ताजा समाचार

Related Articles