कोशी प्रदेश सरकारलाई विश्वासको मत दिनुपर्छ 

लोकप्रिय

काठमाडौँ, असोज २९ गते । 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकरालाई विश्वासको मत दिनुपर्ने धारणा राख्नुभएको छ । 

सोमबार धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा कांग्रेस पदाधिकारीबीच भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभयो ।

उहाँले कोशी प्रदेशमा विशिष्ट परिस्थिति रहेको र पहिचानको आन्दोलनसमेत चलिरहेको भन्नुहुँदै यसको समाधानका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “जे घटना अहिले छ । तीनवटा नेता सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणड र शेखर कोइरालाले कागजको चिर्केटोमा हस्ताक्षर गर्नुपर्ने के अवस्था आयो ? त्यो बारे पनि कुरा ग¥यौं”, यस विषयमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “कोशीको सरकारले विश्वासको मत लिनु छ । कांग्रेसको संसदीय दलको बैठकले यसको निर्णय गर्छ । कोशीमा एमालेसहितको सरकार बन्नुपर्छ । केदार कार्कीलाई विश्वासको मत दिएर हामी जानुपर्छ ।”

ताजा समाचार

Related Articles