सामान्य बन्दै मलङ्गवा

लोकप्रिय

सर्लाही, कात्तिक ९ गते ।

सर्लाही सदरमुकाम मलङ्गवा शान्त बनेको छ । बुधवार दिउँसो पख दुर्गा पूजाको मूर्ति विसर्जन गर्ने क्रममा विवाद भएको थियो ।

मलङ्गवास्थित जिविस चोकमा गरिएको दुर्गा पूजाको मूर्ति अघिल्ला वर्षहरूमा प्रयोग गरिएको बाटो हुँदै सेलाउनका लागि लैजान पाउनुपर्ने माग गरी युवाहरूले प्रदर्शन गर्दा केही बेर प्रहरीसँग झडप भएको थियो । झडप रोक्न प्रहरीले १६ सेल अश्रुग्याँस प्रहार गरेको छ । ढुङ्गा मुढा प्रहार हुँदा घाइते भएका एक प्रहरी जवानको वीरगन्जमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।

थप प्रहरी परिचालन गरी बुधवार साँझ ६ बजेसम्ममा मूर्ति विसर्जन कार्य सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्लाही प्रहरीका सूचना अधिकारी (डिएसपी) दीपेन्द्र पन्जियार थारुले बुधबार रातिबाटै मलङ्गवाको अवस्था सामान्य बनिसकेको जानकारी दिनुभयो ।

थारुका अनुसार मलङ्गवाको जिविस चोक, शिव सागर चोक, नगरपालिका चोकसहित जिल्लाभर ७४ स्थानमा दुर्गा पूजा भएका छन् । जिविस चोकबाहेक अन्य स्थानमा शान्त पूर्वक मूर्ति सेलाउने काम भएको डिएसपी थारुले बताउनुभयो ।

बारम्बार तनाव भएकाले प्रहरीले सदरमुकाम मलङ्गवामा उच्च सुरक्षा सतर्कता अपनाएको थियो ।

ताजा समाचार

Related Articles