यु–१९ क्रिकेट उपाधि विजेता टोली स्वदेश फर्कियो

लोकप्रिय

काठमाडौँ, कात्तिक ९ गते । 

मलेसियामा भएको एसी सी यु–१९ प्रिमियर  कपको उपाधि विजेता नेपाली पुरुष क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।

नेपालले मङ्गलवार क्वालालम्पुरस्थित बायो मास ओभल मैदानमा भएको फाइनलमा युएइलाई डकवर्थ लेविस मेथडमा १९ रनले हराउँदै उपाधि जितेको थियो । प्रतियोगिताभर नेपाल अपराजित पनि रह्यो ।

ताजा समाचार

Related Articles