दाङ, कात्तिक ९ गते ।
नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले एमालेलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्दै एमालेको नेतृत्वमा एक्लै बहुमतको सरकार बनाउने अवस्थामा पुर्याउने बताउनुभएको छ ।
दाङको लमहीमा राष्ट्रिय पर्वहरूको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले देशमा देखिएको अस्थिरताबाट निकास दिन एमालेलाई बलियो राजनीतिक शक्तिको रुपमा स्थापित गर्न आवश्यक रहेको र त्यस दिशामा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
एमालेको नेतृत्वमा बहुमतको सरकार बनाउन मिसन ८४ लाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।