काठमाडौँ, वैशाख १८ गते । राष्ट्रपति रामचन्द पौडेलले आज सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ।

नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेश्रो संशोधन) अध्यादेश, २०८३ जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि उहाँले बिहीबार सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ र सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गर्नुभएको थियो । 




