आज देशभर बदली र हल्का वर्षाको सम्भावना

लोकप्रिय

काठमाडौँ, कात्तिक  १४ गते । 

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अबको केही दिन देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज देशभर आंशिक बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

कात्तिक १५ गते पनि देशभर आंशिक बदली रहनेछ । देशको पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । 

ताजा समाचार

Related Articles